मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बंगलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

बंगलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

ढाका । पूर्वप्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बंगलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

देशको राजधानी ढाकाको उत्तरमा रहेको दुवै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक श्रृङ्खला हो । आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए ।

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए । कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरुको मृत्यु भएको फताहले बताएका छन् । ‘कैदीहरुको अराजक गतिविधिले हामी गोली चलाउन बाध्य भएका हौँ’, उनले भने ।

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगलबार कैदीहरु भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए ।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए । झडपका क्रममा उक्त जेलबाट करिब दुई सय कैदीहरू भागेको उनले उल्लेख गरे । हसिना सरकारविरूद्ध विरोध प्रदर्शन सुरू भएदेखि बङ्लादेशभर कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन् ।

पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सयभन्दा बढी कैदीहरू भागेका थिए । एएफपी

शेयर गर्नुहोस:

162
Shares