मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ब्राजिलमा विमान दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु


शेयर गर्नुहोस:

729
Shares

  • change font
  • change font
  • change font

विन्हेडो । ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार ५७ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको एक विमान दुर्घटनामा परेको छ । विमानमा सवार सब ६१ जनाको मृत्यु भएको एयरलाइन्सले जनाएको छ ।

दक्षिणी राज्य परानाको क्यास्कावेलबाट साओ पाउलो सहरका लागि उडेको भोपास एयरलाइन्सद्वारा सञ्चालित एटीआर ७२–५०० विमान भिन्हेडो सहरमा दुर्घटनामा परेको हो । लगभग ७६ हजार जनसङ्ख्या रहेको भिन्हेडो सहर साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको तस्बिरमा उक्त जहाज आकाशमा चक्कर लगाउँदै खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिन्छ ।

साओ पाउलो राज्यका गभर्नर टारसिसियो डे फ्रिटासले घटनास्थलमा पत्रकारहरूलाई भने, “पीडितको शव पहिचान प्रक्रिया सुरू भइसकेको छ र यो रातभरि जारी रहनेछ ।”

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस घटनाप्रति दुख व्यक्त गर्दै राज्यमा तीन दिन शोकको घोषणा गरेका छन् । भोपासले पीडितका परिवारलाई पूर्ण सहयोग गरिरहेको र दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएको छ । ब्राजिलको सेनिपा उड्डयन दुर्घटना एजेन्सीले यस घटनाको अनुसन्धान सुरू गरेको छ । एएफपी

शेयर गर्नुहोस:

729
Shares