मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

हसिनाकी छोरी भन्छिन्, ‘दुःखद घडीमा आमालाई अंगालो हाल्न पनि पाइनँ’

हसिनाकी छोरी भन्छिन्, ‘दुःखद घडीमा आमालाई अंगालो हाल्न पनि पाइनँ’


शेयर गर्नुहोस:

6.5k
Shares

  • change font
  • change font
  • change font

ढाका । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरीले देशमा चर्को उथलपुथलका बीच पदबाट हटाइएपछि आफ्नी आमालाई भेट्न नपाएको पीडा व्यक्त गरेकी छिन् ।

हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस दुःखद घडीमा आफ्नी आमालाई अँगालो हाल्न पनि नसकेको उल्लेख गरेकी हुन् । शेख हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यसप्रति दुःख व्यक्त गरेकी छन् ।

Advertisement

साइमा वाजेदले लेखेकी छिन्, ‘मैले माया गर्ने मेरो देशमा मानिहरुले ज्यान गुमाउनु पर्दा म दुःखी छु । यो कठिन समयमा आमालाई भेट्न र अँगालो हाल्न नसक्दा म अत्यन्तै दुःखी छु । म विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रूपमा मेरो जिम्मेवारीप्रति प्रतिबद्ध छु ।’

बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक प्रदर्शनका कारण शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेकी छन् र उनी अहिले भारतमा छिन् । एजेन्सी

शेयर गर्नुहोस:

6.5k
Shares