मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाट रोक्न बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियाको आग्रह

हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाट रोक्न बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियाको आग्रह

हिमालय खबर

शेयर गर्नुहोस:

351
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका । पूर्वप्रधानमन्त्री खालिदा जियाले सरकारी जागिरमा भेदभावविरोधी विद्यार्थी आन्दोलनले निम्त्याएको राष्ट्रव्यापी हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाटबारे चिन्ता व्यक्त गरेको बङ्गलादेशको सञ्चारमाध्यम ढाका ट्रिब्युनले बताएको छ ।

ढाकाको ‘एभरकेयर’ अस्पतालमा रहनुुभएका जियासँग बङ्गलादेश खिलाफत मजलिस पार्टीका महासचिव मौलाना मामुनुलको टोलीले भेटवार्ता गरेको ढाका ट्रिब्युनले जनाएको छ । ढाका ट्रिब्युनले जियालाई उद्धृत गर्दै भनेको छ, “हाम्रो राज्यको स्रोत र साधन खेर गइरहेको छ । यो देश हाम्रो हो, हामीले यो देशको निर्माण गर्नुपर्छ ।”

अगस्ट छ मा बङ्गलादेशका राष्ट्रपति शाहाबुद्दिन अहमदले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई संविधानको धारा ४९ अनुसार जेल सजाय कम गरेर रिहा गर्ने घोषणा गरेको थियो ।

ढाका ट्रिब्युनका अनुसार भेटवार्तामा उनले जनताको जीवन र सम्पत्तिमा क्षति पु¥याउनु गम्भीर अपराध भएको बताइन् । उनले राज्यको स्रोतको लुटपाटमा धेरै मानिसहरू संलग्न रहेको र यो कार्य अन्यायपूर्ण रहेको बताए ।

‘बेगम खालिदा जिया उत्पीडित महिला हुन् । हामी लामो समयसम्म जेलमा बस्यौँ । मौलाना मामुनुल हक पनि लामो समयसम्म जेलमा रहिन् । मौलाना मामुनुल हकको नेतृत्वमा हामी उनको स्वास्थ्यबारे सोधपुछ गर्न अस्पताल गयौँ ।” खिलाफत मजलिसका उप–महासचिव मौलाना अताउल्ला अमिनले जियासँगको भेटबारे बताइन् ।

बैठकबारे सोधिएको प्रश्नमा खिलाफत मजलिसका संयुक्त महासचिव मौलाना अताउल्ला अमिनले भनिन्, “देशको अवस्था राम्रो छैन । बेगम खालिदा जिया मानव जीवन र सम्पत्तिको क्षतिबारे चिन्तित हुनुहुन्छ । राज्यका स्रोतहरू लुटिनु सही काम होइन ।”

अगस्ट ५ मा बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले खालिदा जियालाई रिहा गर्ने आदेश जारी गरेका थिए । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घन्टापछि उनले यो निर्णयको घोषणा गरेका हुन् ।

बङ्गलादेशका पूर्वप्रधानमन्त्री जियाको स्वास्थ्य अवस्था खराब छ । बाथ रोग, मधुमेह र ‘लिभर सिरोसिस’को बिरामी उनी ह्विलचेयर प्रयोग गर्छिन् ।

अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो । यसलाई उनको पार्टीले राजनीतिकरूपमा प्रेरित भन्दै खण्डन गर्दै आएको छ । राजनीतिमा भाग नलिने र उपचारका लागि विदेश नजाने सर्तमा उनलाई घरमै नरबन्दमा राखिएको थियो ।

जियाविरूद्ध भ्रष्टाचारको आरोप उनलाई राजनीतिमा प्रवेश गर्नबाट रोक्नका लागि बनाइएको मुद्दा भएको बिएनपीले दाबी गरेको छ । तर, हसिना प्रशासनले यो आरोप अस्वीकार गरेको थियो । एएफपी