मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

ढाका । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् । नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् ।

मंगलबार राति राष्ट्रपति र आरक्षणविरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रिबुनले उल्लेख गरेको छ ।

Advertisement

यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद् भङ्ग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए । ८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबीविरोधी अभियान सञ्चालान गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । एजेन्सी

शेयर गर्नुहोस:

1.8k
Shares