मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बंगलादेशमा रोकिएन लुटपाट, कैयौँ प्रहरी चौकीमा आगलागी

बंगलादेशमा रोकिएन लुटपाट, कैयौँ प्रहरी चौकीमा आगलागी


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

बारा । बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भए पनि लुटपाट र हिंसात्मक घटना भने रोकिएका छैनन् ।

राजधानी ढाकाका कैयौँ क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन् । त्यस्तै, प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ ।

सोमबार कैयौँ प्रहरी चौकीमा आक्रमण भएको थियो र धेरै ठाउँमा आक्रोशित भीडले प्रहरीसँग झडप गरेका थिए । कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका थिए । मंगलबार पनि प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आक्रमण गर्ने, आगलागी गर्ने र लुटपाट गर्ने क्रम रोकेका छैनन् ।

प्रहरी चौकीभित्रबाट पंखा, कुर्सी, टेबुललगायत सबै प्रकारका सामान लुटिएको थियो । सुरक्षा संकटका कारण प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरीहरु आइतबार नै प्रहरी चौकी छाडेर सुरक्षित स्थानमा गएका थिए । कैयौँ प्रहरी चौकीका हतियारसमेत लुटिएको बताइएको छ ।

बंगलादेशको सेनाको अहिले देशको शासन आफ्नो हातमा लिए पनि प्रदर्शनकारीविरुद्ध आक्रामक नहुने र कुनै किसिमको जवाफी कारबाही नगर्ने रणनीति बनाएका कारण स्थिति शान्त हुन नसकको बताइएको छ ।

प्रदर्शनकारी बंगलादेशको संसद्, प्रधानमन्त्री निवाससहित कैयौँ सरकार भवनमा प्रवेश गरेर उदण्ड मच्चाउदासमेत सेनाले हस्तक्षेप नगरेको बताइएको छ । एजेन्सी

शेयर गर्नुहोस:

162
Shares