मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विपक्षी नेतृ खालिदा जिया रिहा हुँदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी

विपक्षी नेतृ खालिदा जिया रिहा हुँदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font
  • change font

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् ।

बंगलादेशका राष्ट्रपति मोहमद शहविद्दिनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Advertisement

७८ वर्षीया जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन् ।

यसैबीच, नोबेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी सुरू भएको बताइएको छ ।

आरक्षणविरोधी अभियानका संयोजक नाहिद इस्लामले युनुसको नेतृत्वमा अन्तरिम सरकारको रुपरेखा तयार भइरहेको बताएका छन् । युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबीविरोधी अभियान सञ्चालन गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा रहेकी शेख हसिना भने अहिलेसम्म भारतमै रहेकी छन् भने उनी लन्डन जानसक्ने बताइएको छ । एजेन्सी

शेयर गर्नुहोस:

513
Shares