मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल

प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनःस्थापनको अविश्राम र अथक संघर्षका कष्टकर क्षण व्यतित गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र संघर्षको राज्यले उचित कदर र सम्मान गनुपर्ने बताएका छन् ।

प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

“ प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कञ्जुस्र्याइँ हुने छैन भन्ने मैले विश्वास लिएको छु”, उनले भने ।

राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । “नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा तपाईंहरूको संर्घष, त्याग र योगदान महत्त्वपूर्ण छ, अहिले तपाईंहरूलाई राज्यले जे जति गर्नुपर्ने थियो त्यो भइरहेको छैन भन्ने मैले महसुस गरेको छु”, उनले भने ।

शहीद र प्रजातन्त्र सेनानीहरूको त्याग, बलिदान र संघर्षका कारण अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रमक शासन व्यवस्था पाएको उनको भनाइ थियो ।

“राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पुरा हुन सकेमात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्यमान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र संघर्षले सार्थकता पाउनेछ”, राष्ट्रपति पौडेलले भने । यसमा सबै लोकतन्त्रप्रेमीहरू सधैँ सचेत र जागरुक रहनुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए ।