मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा आकस्मिक बर्षापछि आएको बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता

भारतमा आकस्मिक बर्षापछि आएको बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

सिमला । भारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण सिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताएका छन् ।

सिमलाको रामपुर तहसिल, मन्डी जिल्लाको पधार तहसील र कुल्लुको जाओ, निर्मल गाउँमा वर्षाले निम्त्याएको विपद्पछि राष्ट्रिय विपद् व्यवस्थापन बल (एसडिआरएफ), राज्यस्तरीय विपद् व्यवस्थापन बल (एसडीआरएफ) प्रहरी, अग्नि नियन्त्रण सेवालगायतका टोलीहरू राहत तथा उद्धार कार्यमा संलग्न छन् ।

राहत र उद्धार कार्यका लागि स्थानीय प्रशासनलाई निर्देशन दिई निगरानी गरिरहेको र सम्भावित थप सहयोग गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा उल्लेख गरेका छन् ।

यसैगरी, हिमाचल प्रदेशका राजस्व मन्त्री जगतसिंह नेगीले शिमलाको सामेज क्षेत्रमा ३६ जना र मन्डी जिल्लाको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको र दुई जनाको शव फेला परेको जनाएका छन् ।

सिमला जिल्लाको सामेज क्षेत्रमा ३६ जना, मन्डीको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ । कुल्लु क्षेत्रमा मलानाको विद्युत परियोजनाको व्यारेज क्षतिग्रस्त हुँदा मानिसहरू पनि फसेको र सडक सञ्जाल अवरुद्ध भएको छ ।

हिमाचल प्रदेशमा भएको आकस्मिक र भारी बर्षाले पुगेको क्षति र जनजीवन प्रभावित भएपछि सङ्घीय स्वास्थ्यमन्त्री जगत प्रकाश नड्डाले केन्द्र सरकारबाट सहयोगको आश्वासन दिएका छन् । उनले हिमाचल विधानसभाका पूर्वमुख्यमन्त्री तथा विपक्षी दलका नेता जयराम ठाकुर र भाजपाका प्रदेश अध्यक्षसँग पनि कुरा गरी सबै भाजपाका कार्यकर्तालाई राहत कार्यमा संलग्न हुन निर्देशन दिएका छन् ।

यसैबीच, मन्डी जिल्ला प्रशासनले घटनाबारे सचेत गराउँदै बासिन्दालाई व्यास नदीको छेउछाउमा नजान चेतावनी जारी गरेको छ । एएनआई

शेयर गर्नुहोस:

162
Shares