मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला-२६ को निवेदन

सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला-२६ को निवेदन

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी छन् । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैँले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी हुन् ।

गौशाला-२६ ले आफूलाई मानसिकरुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्दामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् ।

उनले आफूलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफूलाई मानसिकरुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ ।

सन्दीपविरुद्धको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई उल्टाउँदै निर्दोष रहेको फैसला दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाइ दिएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौँले सन्दीपलाई गत पुस २५ मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।