मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
मुख्य समाचार   

नारायणी नदीको जल सतह खतराको बिन्दुमाथि पुग्यो, सतर्क रहन आह्वान्

नारायणी नदीको जल सतह खतराको बिन्दुमाथि पुग्यो, सतर्क रहन आह्वान्


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

चितवन । शुक्रबार बेलुकीदेखि निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ । देवघाटमा आज राति ८:५५ बजेसम्म जलसतह १० दशमलव ६६ मिटर मापन गरिएको छ । ७.३ मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ ।

यसैगरी नारायणी नदीको पुलको जलसतह १० मिटर कटेपछि चेतावनी र ११ मिटर कटेपछि खतराको तह मानिन्छ । नारायणी पुलमा बेलुका ९ः१० बजेसम्म जलसतह १२.८५ पुगेको छ ।

Advertisement
ADVERTISEMENT

बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार शनिबार दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ ।

एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिए । “निरन्तर वर्षा भइरहेको छ । नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ । त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौँ”, पोखरेलले भने ।

नारायणीको बाढी बस्तीमा पस्यो

नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।

बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए । “यहाँ बर्सेनि बाढी पसेर क्षति पुग्ने गरेको छ”, उनले भने, “बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ ।”

बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताए ।

नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ । विशेषगरी गैँडाकोट नगरपालिकाको वडा नं २, ६ तथा मध्यविन्दु नगरपालिकाको वडा नं २, ३ मा बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

शेयर गर्नुहोस:

216
Shares