मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

क्यानद्वारा सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध

क्यानद्वारा सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ ।

क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ‘ए’ ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ‘ए’ ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख रुपैयाँ पारिश्रमिक दिने गर्दछ ।

Advertisement
ADVERTISEMENT

क्यानको केन्द्रीय सम्झौताको ‘ए’ ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भूर्तेल रहेका छन् ।

त्यस्तै ग्रेड ‘बी’ मा भने कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार पारिश्रमिक पाउने छन् ।

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जिसी छन् । उनीहरूले ५५ हजार पाउने छन् ।

ग्रेड ‘डी’ मा परेका पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, वसिर अहमद र सूर्य तामाङले मासिक ३५ हजार रुपैयाँ पाउने क्यानले जनाएको छ ।

शेयर गर्नुहोस:

351
Shares