मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

क्रिकेटर सन्दीप लामिछानेलाई गृहजिल्लामा नगदसहित सम्मान

क्रिकेटर सन्दीप लामिछानेलाई गृहजिल्लामा नगदसहित सम्मान


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले नगद एक लाख रूपैयाँसहित सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले क्रिकेटर लामिछानेलाई सम्मान गरेका हुन् ।

नगरप्रमुख दाहालले खेलाडीको सम्मानले अन्य खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताइन् । खेलाडी उत्पादनका लागि महानगरले विद्यालयस्तरमै विभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको उनले बताइन् ।

भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला २६ महिनाभित्र निर्माण सम्पन्न हुने र सन् २०२७ मा हुने यु–१९ क्रिकेट यही रङ्गशालामा आयोजना गर्न पहल गरिने उनले बताइन् ।

सम्मानित हुने क्रिकेटर लामिछानेले समग्र चितवनको क्रिकेट विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए । रङ्गशाला निर्माणको काम अगाडि बढेकोमा आफूलाई खुसी लागेको पनि उनले बताए ।

जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले खेल क्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

क्रिकेटर लामिछानेलाई गृहजिल्लामा नगदसहित सम्मान

 

यसैबीच, क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा समानित भएका छन् । लामिछानेलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेको हो ।

लामिछानेलाई चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । मंगलबार दिउँसो सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।

नेपाली क्रिकेटमा पुर्‍याएको योगदान तथा टी २० अन्तर्राष्ट्रियमा एक सय विकेट लिएको अवसर पार्दै लामिछानेलाई सम्मान गरिएको सेन्ट्रल कलेजका प्राचार्य यज्ञविलास पौडेलले बताए । लामिछानेले क्रिकेटको माध्यमबाट देशलाई अतुलनीय योगदान गरेको पौडेलको भनाइ थियो ।

सो अवसरमा लामिछानेले आफ्नो सुरूवाती दिनको स्मरण गरेका थिए । उनले नारायणगढको क्याम्पाचौरस्थित नेटमा अभ्यास गर्दाको दिनहरु स्मरण गर्दै आफ्नो लक्ष्यमा पुग्न कडा मेहेनतका साथ अघि बढ्न युवा खेलाडीहरुलाई सुझाव दिए । उनले सम्मानका लागि सेन्ट्रल कलेज र चितवन क्रिकेट संघलाई धन्यवाद व्यक्त गरे ।

शेयर गर्नुहोस:

405
Shares