मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सुनचाँदी पसलमा योजनाबद्ध लुटपाट गर्ने सञ्चालकसहित पाँच पक्राउ

सुनचाँदी पसलमा योजनाबद्ध लुटपाट गर्ने सञ्चालकसहित पाँच पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनले यही असार १ गते कालिका नगरपालिका वडा नं–६, खोलेसिमलबजारमा तेजप्रसाद खनालको घरको पहिलो तल्लामा विनोद सुनारले सञ्चालन गर्दै आएको विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् ।

सञ्चालक सुनारले झुटो चोरी तथा लुटपाट गर्ने योजना बनाई बिमा रकम ठगी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ । विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई सुनारले जालसाजी गरेको प्रहरीको भनाइ छ ।

विनोद सुनारले लुटपाटको लागि पूर्णबहादुर विश्वकर्मालाई ठेक्का दिएको र पूर्णबहादुर विश्वकर्मा र पवनकुमार पासवानले राति ८ः२० बजेको समयमा मोटरसाइकलमा आई लुटपाट गरेको र पसलका मेनेजर विजय विश्वकर्माले चोरी गर्न आउनेलाई सहयोग गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

पूर्णबहादुर विश्वकर्मा र पवनकुमार पासवानले चोरी गरी लगेको सुनका गहनाहरु लुकाउनको लागि विनोदको योजनामा अञ्जना पुडासैनी केसीलाई दिएको र घटनाको दुई दिनपछि अञ्जनाको घरमा गई विनोदले उक्त सुनका गहनाहरु लिई गएको खुल्न आएको छ ।

असार १ गते अज्ञात भनिएका दुई पुरुष व्यक्तिहरु नम्बर नखुलेको मोटरसाइकल चढी आई उक्त सुनचाँदी पसलमा बसिरहेका पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास धाकधम्की देखाई पसलभित्र राखिएको दुई करोड सत्र लाख चौवन्न हजार चार सय पन्ध्र रुपैयाँ बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाइनका गरगहनाहरू लुटपाट गरिएको विवरण प्रहरीले संकलन गरेको थियो ।

प्रहरीले विनोद सुनचाँदी पसलका सञ्चालक तथा लुटपाटको मुख्य योजनाकार कालिका–६ बस्ने ३५ वर्षीय विनोद सुनार, पसलका व्यवस्थापक सहयोगी कालिका–७ बस्ने २५ वर्षीय विजय विश्वकर्मा, तनहुँको म्याग्दी गाउँपालिका वडा नं ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा, चोरी गर्ने बारा बारागढी नगरपालिका वडा नं–४ बस्ने १८ वर्षीय पवनकुमार पासवान र कालिका ६ बस्ने ४२ वर्षीय अन्जना पुडासैनी केसीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रनाउ भेषराज रिजालले जानकारी दिए ।