मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमालेका मन्त्रीहरुले राजीनामा दिँदै, मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्ने

एमालेका मन्त्रीहरुले राजीनामा दिँदै, मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्ने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार बन्ने भएसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् ।

सोमबार मध्यरातमा एमाले र कांग्रेसबीच एमाले अध्यक्ष केपीशर्मा ओलीलाई तत्काल प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको थियो ।

प्रधानमन्त्री बन्ने भएपछि ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिइसकेका छन् । यसैअनुसार तयारीमा मन्त्रीहरू रहेको बताइएको छ
। एमालेका एक मन्त्रीका अनुसार मंगलबार १ः०० बजेसम्म राजीनामा दिने तयारी गरिएको छ ।

कांग्रेस र एमालेबीच नयाँ सरकार बन्ने भएपछि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्नेछन् । प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे मंगलबार बेलुकासम्म नयाँ सरकार बन्ने छ ।

सोमबार मध्यरात भएको सहमतिअनुसार सुरूको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेको एमालेले जनाएको छ । त्यसपछि कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्ने सहमतिमा उल्लेख छ ।

ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छ भने कांग्रेसको भागमा गृहसहित ११ मन्त्रालय परेको छ ।

सहमतिअनुसार अब प्रदेशअन्तर्गत एमालेले कोशी, लुम्बिनी र कर्णालीमा सरकार बनाउने छ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ । मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ ।

एमाले र कांग्रेसले संविधान संशोधन गर्नेसमेत सहमति बनेको छ । संविधान संशोधन सुझाव समिति बनाएर अगाडि बढ्ने सहमति भएको हो । सहमतिको औपचारिक पत्र भने नेताहरुले सार्वजनिक गरेका छैनन् ।