मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
बिश्व घटना   

राष्ट्रपति पौडेल मित्रराष्ट्र जर्मनीको भ्रमणमा, बर्लिनको पर्खाललगायतका ऐतिहासिक स्थलको अवलोकन

राष्ट्रपति पौडेल मित्रराष्ट्र जर्मनीको भ्रमणमा, बर्लिनको पर्खाललगायतका ऐतिहासिक स्थलको अवलोकन


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font
  • change font

वर्लिन (जर्मनी) । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायतका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् ।

सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिए ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका हुन् ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच वर्लिनमा सोमबार नै भेटवार्ता हुने कार्यक्रम छ ।

शेयर गर्नुहोस:

1.1k
Shares