मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो, अमेरिका सुपर आठमा

पाकिस्तान टी-२० विश्वकपबाट बाहिरियो, अमेरिका सुपर आठमा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पाकिस्तान जारी टि-२० विश्वकपबाट बाहिरिएको छ । समूह ‘ए’बाट अमेरिका सुपर आठमा पुगेसँगै पाकिस्तान समूह चरणबाट नै बाहिरिएको हो ।

गए राति हुनुपर्ने अमेरिका र आयरल्याण्डबीचको खेल वर्षाले रद्द भएपछि समूह ‘ए’मा अमेरिकाको ४ खेलमा ५ अंक भएसँगै सुपर आठमा पुगेको थियो । समूह ‘ए’बाट भारत यसअघि नै लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ ।

पाकिस्तानले सुरुका दुई खेलमा लगातार हार बेहोरेपछि सुपर आठको सम्भावना कठिन बनेको थियो । तेस्रो खेलमा क्यानडाविरुद्ध जित हासिल गरे पनि अब पाकिस्तानको विश्वकप यात्रा टुङ्गिएको छ । अब पाकिस्तानले आफ्नो अन्तिम खेल आयरल्याण्डविरुद्ध खेल्ने छ ।