मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीहरू २३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका वडा नं-१ घर भई हाल काठमाडौँ कागेश्‍वरी मनोहरा नगरपालिका वडा नं-६ बस्ने ७२ वर्षीय केदार भन्ने दुर्गबहादुर दमाई र ५३ वर्षीय साधु राम भन्ने खड्गबहादुर दमाई रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ कागेश्‍वरी मनोहरा नगरपालिका वडा नं-६ बाट मंगलबार पक्राउ गरेको हो ।

Advertisement

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत दोलखाबाट २०५३ माघ २५ गते सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर भई कैद भुक्तान गर्दै आएकोमा राष्ट्रिय प्रजातन्त्र दिवस २०५६ को उपलक्ष्यमा कारागार शाखा काठमाडौँको २०५६ फागुन ७ गतेको पत्रअनुसार उनीहरू कैद मुक्त भएका थिए ।

साथै, उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०५८ मंसिर ७ गते उनीहरूलाई जन्मकैद हुने ठहर गरी फैसला भएकोमा ११ वर्ष ४ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ बबरमहल काठमाडौंमा पठाइएको जनाएको छ ।

शेयर गर्नुहोस:

108
Shares