मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

टि-२० विश्वकप : क्यानडामाथि पाकिस्तानको सात विकेटको जीत

टि-२० विश्वकप : क्यानडामाथि पाकिस्तानको सात विकेटको जीत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । पाकिस्तानले क्यानडालाई सात विकेटले पराजित गरेको छ । जारी आइसिसी टि-२० विश्वकपअन्तर्गत गए राति सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई सात विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले अविजित ५३ रन बनाएका थिए भने कप्तान बाबर आजमले ३३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

समूह ‘ए’अन्तर्गत पाकिस्तानको यो तेस्रो खेलमा पहिलो जित हो । त्यस्तै, क्यानडाले आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । यस समूहमा भारत र अमेरिकाले २-२ खेल जितेर ४-४ अंक हासिल गरेका छन् र पहिलो र दोस्रो स्थानमा छन् ।

अब पाकिस्तानले जुन १६ मा आयरल्याण्डसँग खेल्ने तालिका छ भने क्यानडाले जुन १५ मा भारतसँग खेल्ने छ । एजेन्सी