ड्यालस (अमेरिका) । क्रिकेटर सन्दिप लामिछानेले विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले विज्ञप्ती मार्फत वेष्ट ईन्डिजमा हुने दुई म्याचमा उनी सहभागी हुने जनाएको छ। अमेरिकाले भने दुईपटक भिसा अस्विकृत गरेकोले उनी सहभागी हुन पाएका छैनन् ।
बलात्कार अभियोगमा अदातलबाट दोषी प्रमाणित भएपछि उनी नेपाली क्रिकेट टिमको कप्तानबाट निलम्बित भएका थिए । तर उच्च अदालतले गत महिना सफाइ दिएपनि उनलाइ अमेरिकाले भिसामा कडाइ गरेको छ । अमेरिकाले भिसा नदिएपछि गत जुन ४ तारिक टेक्ससको ड्यालसमा भएको नेदरल्याण्डसँगको खेलमा उनी सहभागी हुन सकेनन् । जुन ११ तारिक फ्लोरिडाको मायामीमा नेपालले श्रीलंका विरूद्ध खेल्ने खेलमा समेत उनी सहभागी हुन पाउने छैनन् ।
स्रोतका अनुसार उनी क्यानडा हुँदै वेष्ट इण्डिज पुगिसकेका छन् । त्यहाँ जुन १४ मा नेपालले साउथ अफ्रिकासँग खेल्नेछ भने जुन १६ मा बंगलादेशसँग खेल्ने खेल तालिका रहेको छ । नेपालले ड्यालसमा नेदरल्याणडसँग पराजय भोगिसकेको छ । सन्दिपलाइ खेलाउने निर्णय गर्दै क्यानले बलर प्रतिश जिसीलाइ जगेडामा राख्ने जनाएको छ ।
नेपाल खेल जितेर सुपर एटमा प्रवेश गरेको र गेमहरू अमेरिकामा भएकाे खण्डमा लामिछानेले खेल्न भने पाउनेछैनन् । किनकी उनीसँग अमेरिकी भिसा छैन ।
*अपडेट गरिएको ।
प्रतिक्रिया