मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडिए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाएका छन् । छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका छन् ।

शेयर गर्नुहोस:

162
Shares