मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

एनएसजिएफको पाँचौँ केन्द्रीय वार्षिक साधारण सभा

एनएसजिएफको पाँचौँ केन्द्रीय वार्षिक साधारण सभा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर । नेपाल स्काउट एण्ड गाइड फेलोसिप (एनएसजिएफ)को पाँचौँ केन्द्रीय वार्षिक साधारण सभा शनिबार रत्ननगरमा सम्पन्न भएको छ ।

नेपाल स्काउट एण्ड गाइड फेलोसिपका केन्द्रीय सभापति श्रीराम लामिछानेले सन् १९६० मा अन्तर्राष्ट्रिय स्काउट एण्ड गाइड फेलोसिप फ्रान्स हुँदै विश्वका ८१ भन्दा बढी देशमा विस्तार भइसकेको बताए ।

नेपालमा २०५८ माघ ५ गते विधिवत् रुपमा दर्ता भएको यस संस्थाका सदस्यहरुले इन्डोनेसियाको बालीमा सम्पन्न विश्वसम्मेलनबाट सन् २०१७ मा विश्व स्काउटको मापदण्डबमोजिम पूर्ण सदस्यता प्राप्त गरेको जानकारी दिए । स्काउटको मार्गदर्शन अंगाल्ने जोकोही एनएसजिएफको सदस्य बन्न सक्ने र सातै प्रदेश तथा जिल्लामा सम्पर्क स्थापना गरी संगठन विस्तार गरिने उनले बताए ।

संस्थाका उपसभापति तीर्थराज न्यौपानेले एनएसजिएफमा हालसम्म आजीवन र साधारण गरी ११० जना सदस्य रहेको र विभिन्न जिल्लामा सदस्यता विस्तार गर्ने लक्ष्य रहेको बताए । संस्थाले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधिबारे एनएसजिएफका सदस्य चन्दन कौशिकले प्रकाश पारेका थिए ।

संस्थाको भावी कार्ययोजना तथा लेखा परीक्षण प्रतिवेदन कोषाध्यक्ष बाबुकाजी डंगोलले प्रस्तुत गरेका थिए । एनएसजिएफका अन्तर्राष्ट्रिय सचिव बैकुण्ठ मरहठ्ठाले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरआयुक्त देवेन्द्र न्यौपाने, सहसचिव दिनेश पाण्डे, पार्वती गिरी, मञ्जु अर्याल, भरत साह, प्रदीप विश्वास, चित्रबहादुर रायमाझी, पुष्पराज श्रेष्ठलगायतले आआफ्ना भनाइ राखेका थिए ।

सो अवसरमा आगामी सेप्टेम्बरमा स्पेनमा हुन लागेको विश्वसम्मेलनमा सहभागी हुन चाहने सदस्यहरुले नाम दर्ता गर्न आग्रह गरिएको थियो । सभापति लामिछानेले सोही सम्मेलनपश्चात् नेतृत्व हस्तान्तरण गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुलाई एनएसजिएफले प्रकाशन गरेको स्मारिका, स्काउटको लोगो अंकित क्याप र व्याच हस्तान्तरण गरिएको थियो । सहभागीहरुले विभिन्न जिल्लामा सम्पर्क कार्यालय स्थापना गरी सदस्यता विस्तार गर्ने, फाउन्डेसन सदस्यता विस्तारलगायतका प्रस्तावहरु पारित गरेका थिए ।