मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

गाजामा इजराइली हमलामा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु

गाजामा इजराइली हमलामा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा । पट्टीका विभिन्न क्षेत्रमा इजराइली आक्रमणमा बुधबार कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको स्रोतले जनाएको छ ।
स्रोतले इजराइली सेनाले मंगलबार रातिदेखि बुधबार बिहानसम्म पट्टीका क्षेत्रहरूमा हवाई र तोपखाना आक्रमणहरू सुरू गरेको बताएको छ ।
इजराइली विमानले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरको पश्चिममा रहेको आवासीय घरलाई निशाना बनाउँदा  छ जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । उक्त घटनामा घाइते भएका सबैजनालाई अस्पताल लगिएको छ ।
विमानहरूले पट्टीको बीचमा अल–जावैदा सहरमा विस्थापित मानिसहरूको लागि अर्को घरमा बमबारी गर्दा १० व्यक्तिको मृत्यु भयो ।
इजराइलका विमानहरूले गाजा सहरको दक्षिणमा रहेको अल–जायटौन छिमेकमा घरहरू र कृषि भूमिमा आक्रमण गरेका थिए । आक्रमणमा दुई जनाको मृत्यु भएको छ । सहरको दक्षिणपश्चिममा रहेको ताल अल–हवा छेउछाउमा तोपको गोली लागेर अन्य १० जना घाइते भएका छन् ।
इजराइली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरको पूर्वी बाहिरी भागमा बमबारी गर्दा भौतिक क्षति पुर्‍याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
यसैबीच, दक्षिणी गाजा सहर रफाहमा इजराइली हवाई हमला र तोपको बमबारीका कारण पाँच प्यालेस्टाइनीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई इजराइली सेनाले इजिप्टको सिमानामा रहेको फिलाडेल्फिया करिडोरको साथ रफाहमा पश्चिमतर्फ अघि बढिरहेको बताए ।
यसैबीच, प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुएल) ले आपूर्ति र सुरक्षाको अभावका कारण रफाहमा खाद्यान्न वितरण स्थगित गरेको घोषणा गरेको छ ।
युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समा भनेको छ, “रफाहमा खाद्यान्न वितरण हाल आपूर्तिको अभाव र असुरक्षाका कारण निलम्बित रहेको छ । साथै पूर्वी रफाहमा चलिरहेको सैन्य अपरेसनका कारण युएनआरडब्लुएले वितरण केन्द्र र डब्लुएफपी (विश्व खाद्य कार्यक्रम० गोदाम दुवै रफाहमा पहुँचयोग्य नभएको उल्लेख गरेको छ ।”
इजराइलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजराइली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजामा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु ग¥यो । हमासको आक्रमणमा करिब एक हजार दुई सय मानिस मारिएका थिए भने करिब दुई सय ५० जनालाई बन्धक बनाइएको थियो ।  सिन्ह्वा