मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
बिजनेस/ इकोनोमी   

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरूले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो ।

कतिपय ठाउँमा त यात्रुले नै बस धकेल्नुपर्ने बाध्यता थियो । अहिले भने यहाँका सडकको स्वरूप नै फेरिएको छ भने यात्रुले सहजरूपमा यात्रा गर्न पाएका छन् । सात वर्षअघि जनप्रतिनिधि आएसँगै यहाँका सडकको स्वरूप फेरिएको हो । यहाँ यस अवधिमा सात सय किलोमिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी रहेको एक सय किलोमिटर सडक कालोपत्रका लागि पनि महानगरले योजना बनाइरहेको छ ।

भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले महानगरभित्रको सडकको लम्बाइ एक हजार किलोमिटर रहेकामा नौ सय किलोमिटर सडक कालोपत्र गरिसकिएको बताए । महानगर प्रमुख रेनु दाहालको नेतृत्वपछि सात सय किलोमिटर सडक कालोपत्र भएको उनले जानकारी दिए । स्थानीय जनप्रतिनिधि आउनुअघि तीन सय किलोमिटर सडक मात्र कालोपत्र थियो ।

महानगर प्रमुख दाहालले अघिल्लो कार्यकाल सडक कालोपत्र र विस्तारमा विशेष ध्यान दिएको आगामी तीन वर्षभित्र महानगरभित्रका सबै मुख्य सडक कालोपत्र भइसक्ने योजना रहेको बताइन् ।

यो अभियानमा स्थानीयसँगै प्रदेश र संघीय सरकारको बजेटबाट सडक कालोपत्र गरिएको उनले जानकारी दिइन् । आफू पहिलो पटक महानगरप्रमुखमा निर्वाचित भएपछि सहरी विकास मन्त्रालयमार्फत स्मार्टसिटी पूर्वाधारका लागि विनियोजित रु दुई अर्बबाट १७ वटा सहरी सडक निर्माण गरिएको उनले बताइन् ।

“भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्म, वाइपास सडक, हुलाकी सडक, ‘प्रचण्ड’ पथ र चक्रपथ निर्माणका लागि सङ्घीय सरकारसँग विशेष पहल गरेर काम गर्न सफल भएका छौँ । अघिल्लो कार्यकालमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान आफ्नो गृह जिल्लामा परेकाले पनि सङ्घीय सरकारका योजना ल्याउन थप सहज भएको हो”, उनले भनिन् ।

महानगरभित्र मङ्गलपुर(शिवनगर, पार्वतीपुर(शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर ‘प्रचण्ड’ पथ सङ्घीय सरकारको बजेटमा निर्माण भएको छ । महानगरको चक्रपथ ८० किलोमिटर छ, जसमध्ये ५५ किलोमिटर कालोपत्र भइसकेको छ । तीन तहका सरकारको साझेदारीमा यो सडक बनेको हो । दाहालका अनुसार हाकिमचोकदेखि सीतामाईसम्म बागमती प्रदेश सरकारको सहयोगमा कालोपत्र सडक बनेको छ भने जगतपुरदेखि शिवघाटसम्मको १६ किलोमिटर सडकको कालोपत्र काम गरिँदै छ ।

संघीय सरकारसँगको सहायक राजमार्गको रूपमा भरतपुरदेखि चनौली मेघौली हुँदै गोलाघाटसम्मको सडकलाई विकास गरिएको छ । यस सडकलाई विस्तार र व्यवस्थापनका लागि संघीय सरकारसँग थप बजेटका लागि यसवर्ष पनि आग्रह गरिएको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले गाउँका सडक चौडा र कालोपत्र गरेपछि स्थानीय प्रत्यक्ष लाभान्वित भएको बताए । सडक सरसफाइका लागि महानगरले हालै ब्रुमरसमेत खरिद गरिएको र कालोपत्र सडकका छेउमा वृक्षरोपण गरेर हरियाली र सुन्दर बनाउने अभियानमा पनि अगाडि बढाइएको अधिकारीले जानकारी दिए ।

“सडक बनाउने मात्रै होइन, सौन्दर्यीकरणका लागि पनि ध्यान दिइएको छ । हाल महानगरभित्रका मुख्य सडकको ८० किलोमिटर क्षेत्रमा स्मार्ट स्ट्रीटलाईट जडान गरिसकेका छौँ । बाँकी एक सय ५० किलोमिटर सडक क्षेत्रमा स्मार्ट लाइट जडानका लागि सम्झौता भइसकेको छ । हामीले स्थानीयसँगको लागत साझेदारीमा सडक निर्माणको काम गरिरहेका छौँ । त्यसैले पनि यो सफलता मिलेको हो”, अधिकारीले भने ।