मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

कास्मिरमा संदिग्ध विद्रोहीद्वारा भाजपाका स्थानीय नेताको गोली हानी हत्या

कास्मिरमा संदिग्ध विद्रोहीद्वारा भाजपाका स्थानीय नेताको गोली हानी हत्या

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली । भारत प्रशासित कास्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का भारतको शोपियान जिल्लामा शनिबार साँझ गोली स्थानीय नेता एजाज अहमदमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

काश्मिरस्थित भाजपाको स्थानीय कार्यालयले अहमदको मृत्यु भएको पुष्टि गर्दै आक्रमणको विरोधमा प्रदर्शन गर्ने घोषणा गरेको छ ।

सोही दिन नजिकैको अनन्तनागमा सन्दिग्ध विद्रोहीको आक्रमणमा परी हिमालय क्षेत्रमा आएका दुई भारतीय पर्यटक पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षा फौजले आसपासका क्षेत्रलाई घेराहाली छुट्टाछुट्टै घटनामा संलग्न आक्रमणकारीको खोजी गरिरहेको छ ।

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै कास्मिर भारत र पाकिस्तानबीच विभाजित हुँदै आएको छ र दुवैले हिमालय क्षेत्रको पूर्ण दाबी गर्दै आएका छन् ।

भारतीय शासनको विरोध गर्ने विद्रोही समूहहरूले दशकौंदेखि भारत प्रशासित कास्मिरमा विद्रोह गर्दै आएका छन् । कतिपय समूहले आफ्नो क्षेत्रलाई पाकिस्तानमा विलयको मागसमेत गर्दै आएका छन् ।

भारतले विद्रोही लडाकुलाई पाकिस्तानले समर्थन गरेको आरोप लगाएको छ तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ । यस द्वन्द्वमा दसौँ हजार सर्वसाधारण, सैनिक र लडाकूको मृत्यु भएको छ ।

सन् २०१९ मा मोदी सरकारले मुस्लिम बाहुल्य क्षेत्रको सीमित स्वायत्तता खारेज गरी नयाँ दिल्लीबाट प्रत्यक्ष शासनमा ल्याएपछि हिंसामा निकै कमी आएको छ । कास्मिरमा गत महिना भएको आमनिर्वाचनमा मतदान सुरु भएयता झडपका घटनाहरु भएको सुरक्षा बलले जनाएको छ ।

यसै महिनाको सुरुमा संदिग्ध विद्रोहीहरूले भारतीय वायु सेनाका एक सदस्यको हत्या गर्नुका साथै अन्य चार जना घाइते हुनेगरी आक्रमण गरेका थिए । एएफपी