मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शीर्ष नेताहरूको बैठकमा सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति जुटेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो । यद्यपि, सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन ।

कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलका शीर्ष नेताहरूको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए । उनले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारका तर्फबाट सहजीकरण गर्ने जानकारी दिए ।

“आज हमी मुख्य दलको शीर्ष नेताहरूको बैठक बस्यो । प्रधानमन्त्रीजी, नेपाली कांग्रेस सभापतिजी, नेकपा (एमाले) अध्यक्ष ओलीजी, उपप्रधानमन्त्रीजीलगायत नेताहरू बस्नुभएको हो । भोलिको सदनको विषयलाई लिएर छलफल भयो । सकारात्मक रूपमा नै अघि बढ्छ,” उनले भने, “समिति बनाएर जानुपर्छ नै भन्ने हो । सबै सहमत भएकै अवस्था छ । समितिको कार्यादेश के हुने भन्नेबारेमा पनि काम गर्ने कुरा भएको छ ।”

उनले थपे, “समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक रूपमा समान धाराणा बनेको छ, यो उपलब्धि र सकारात्मक रूपमा बुझ्नुपर्छ । कानुनमन्त्रीजीले सहजीकरण गर्नुहुनेछ । संसदीय समिति बनाएर जाने विषयमा सबैको सहमति भएर समान धारणा बनेको छ ।”

प्रमुख सचेतक लेखकले ‘टीओआर’ भने कार्यदलले आइतबार बनाउने बताए । समिति बन्ने भएसँगै आइतबारको संसद् बैठक सहज रूपमा अघि बढ्ने उनले उल्लेख गरे ।