मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित : अध्यक्ष बस्नेत

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित : अध्यक्ष बस्नेत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भए मात्र मानव जीवन सुरक्षित हुने धारणा राखेका छन् । ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’अभियानअन्तर्गत शनिबार भएको वृक्षरोपण कार्यक्रममा अध्यक्ष बस्नेतले सो धारणा राखेका हुन् ।

चन्द्रपुर नगरपालिका वडा नं ९ चेतनगर, मरधर, सिन्धुरेघारीमा वृक्षरोपण कार्यक्रम गरिएको हो । विरूवा रोप्ने अभियान सुरु गर्दै अध्यक्ष बस्नेत ले जलवायु परिवर्तनको असरले नेपालमा ठूलो असर परेकोले त्यसको न्यूनीकरणका लागि सञ्चारमाध्यमको प्रभावकारी भूमिका हुने बताए ।

कार्यक्रममा सहभागी भएर आफूले विरुवा रोप्ने अवसर पाएको र अभियानमा जुट्न पाएकोमा खुसी व्यक्त गर्दै अभियानको पूर्ण सफलताको कामनासमेत गरेका छन् ।

समाजमा रहेका प्रत्येक नागरिकले आ–आफ्नो जन्मदिनमा एक रएक बिरुवा रोपेर सकारात्मक सन्देश फैलाउनुपर्ने नेपाल पत्रकार महासघका केन्द्रीय सचिव गोविन्द चौलागाईंले बताए ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ अभियान कार्यक्रममा आ–आफ्नो जन्मदिनमा विरुवा रोप्न आग्रह गरिएको थियो ।

कार्यक्रममा रुद्राक्ष, पिपल, चन्दन, साल, खयर, बाँस लगायतका विभिन्न प्रजातिका विरुवा रोपिएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासघ का केन्द्रीय सचिव गोविन्द चौलागाईं, रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, जन्मदिनलाई सतकर्ममा जोडौँ अभियानका रौतहट संयोजक श्याम श्रेष्ठ, अग्रज पत्रकार मुकुन्द दाहालले वृक्षरोपणको महत्त्वमाथि आ आफ्ना धारणा राखेका थिए ।

आयोजक संस्थाका अध्यक्ष चौलागाईंले अभियानलाई देशका ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा अभियान लैजान आवश्यक रहेको धारणा राखे ।
अभियानलाई देश विदेशका नागरिकले सिको गर्न सक्ने भएकाले अभियानमा जोडिन आयोजक संस्थाका अध्यक्ष चौलागाईंले आग्रह गरेका छन् ।