मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

राजनीतिक स्थायित्वका लागि सबैपक्ष जुटौँ : मन्त्री जोशी

राजनीतिक स्थायित्वका लागि सबैपक्ष जुटौँ : मन्त्री जोशी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आइतबार धुलिखेलमा आयोजित ‘कार्यालयस्तरीय त्रैमासिक समीक्षा एवं सङ्घ, प्रदेश तथा स्थानीयस्तरीय सेवा–प्रवाह र विकास निर्माणसम्बन्धी अन्तर्क्रिया’ कार्यक्रममा के व्यवस्था गर्दा राजनीतिक स्थायित्व हुन्छ त्यसका लागि सबै पक्ष जुट्न आग्रह गरे ।

“राजनीतिक स्थायित्वका लागि पक्ष विपक्ष नबनौँ, राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता भइसकेको छ,”, मन्त्री जोशीले भने, “राजनीतिक स्थायित्व दिई नागरिकको अविश्वास निस्तेज पार्नु सबैको चुनौतीको विषय भएकाले सबै पक्ष जुटौँ ।”

राजनीतिक स्थायित्वले दिगो विकास र नवप्रवर्तनलाई निरन्तरता दिनसक्ने भएकाले सुन्दर देश निर्माणमा ‘सत्तापक्ष वा विपक्ष’ सबै पक्षको उत्तिकै दायित्व भएको उनको भनाइ थियो ।

मन्त्री जोशीले देशभक्त कर्मचारीले नै नागरिकलाई सुशासन प्रदान गर्ने बताए । “जनताले अनुभूत गर्नेगरी सुशासन प्रदान गर्नु कर्मचारीकै दायित्व हो, कसरी अझ सेवा प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे समीक्षा गरी ‘कर्मचारी नै हुन् बिगार्ने’ भन्ने बाहिरको भाष्यलाई बन्द गराउन लाग्नुहोस्”, उनले भने । उनले कर्मचारी दुई वर्ष सरुवा नहुने प्रावधान भए पनि त्यसो नभएकोमा चिन्ता व्यक्त गर्दै त्यस विषयमा मन्त्रालय गम्भीर रहेको बताए ।

सङ्घीय निजामती ऐन आएपछि कर्मचारीका सबै विषय हल हुनेमा आफू विश्वस्त रहेको उनको तर्क थियो । मन्त्री जोशीले एक सय चार स्थानीय तहमा नवप्रवर्तन कार्यक्रमलाई प्रारम्भिक चरणमा मागिएको रु ८८ करोड रकम निकासा नभई ती तहमा नयाँ कामको सुरुआत गर्न नपाएकामा दुःखेसो पोख्दै संविधान कार्यान्वयनको सिलसिलामा देखिएका कठिनाईलाई सबै मिलेर फुकाउनुपर्ने उनको धारणा थियो ।