मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

रफाह आक्रमणले ‘मानवीय विपत्ति’ निम्त्याउँछ : महासचिव गुटेरेस

रफाह आक्रमणले ‘मानवीय विपत्ति’ निम्त्याउँछ : महासचिव गुटेरेस


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन् । बिना कुनै सम्झौता वार्ताकारहरूले कायरोमा युद्धविराम वार्ता छाडेपछि उनले त्यस्तो चेतावनी दिएका छन् ।

“रफाहमा भएको ठूलो स्थल आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउने छ र अनिकालका कारण मानिसहरूलाई सहयोग गर्ने हाम्रो प्रयासलाई रोक्नेछ”, नैरोबीको भ्रमणका क्रममा गुटेरेसले भने । उनले दक्षिणी गाजा सहरको अवस्था ‘तरबारको धार’ मा रहेको बताए ।

युद्धविरामका लागि आफ्नो आह्वानलाई दोहोर्‍याउँदै उनले भने, “हामी रफाह र केरेम शालोम क्रसिङमार्फत अत्यावश्यक इन्धनसहित जीवन रक्षक आपूर्तिको प्रवेशलाई पुनः सुरू गर्न संलग्न सबैसँग सक्रिय रूपमा सहभागी छौँ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक अन्तरवार्तामा यदि रफाह सहरमा पूर्णस्तरको आक्रमण भयो भने इजराइलका लागि तोपखानाका गोला र अन्य हतियार रोकिने वाचा गरेका थिए । यसपछि पनि एएफपीका पत्रकारहरूले रफाहमा तोप हमला भएको बताएका छन् ।

इजराइललाई रफाहबाट बाहिर रहन बारम्बार आग्रह गरिसकेपछि बाइडनेले इजराइलमाथि प्रतिवर्ष कूल तीन अर्ब डलरको सैन्य सहायता बढाएको अन्तिम अमेरिकी लाभ यो पहिलोपटक थियो ।

व्यापक अन्तर्राष्ट्रिय विरोधका बावजुद इजराइली सेनाले मङ्गलबार हमास लडाकूहरूको खोजीमा रफाहको पूर्वी क्षेत्रमा प्रवेश गरेको बताएको थियो । एएफपी

शेयर गर्नुहोस:

135
Shares