बिश्व घटना

पुटिनले लिए पाँचौँ पटक रुसको राष्ट्रपतिको शपथ

पुटिनले लिए पाँचौँ पटक रुसको राष्ट्रपतिको शपथ


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका थिए ।

यो त्यही ठाउँ हो जहाँ रुसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर तृतीय र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो ।

Advertisement

शपथ ग्रहणपछि पुटिनले भने, ‘हामी अझ बलियो बन्नेछौँ। हामीलाई शत्रु ठानेका देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउनेछौँ। जनताको विश्वास कायम राख्न सक्दो प्रयास गर्नेछु ।’

रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाएका छन् ।

अमेरिका, बेलायत र धेरै युरोपेली देशहरूले रुसमा पुटिनको शपथ ग्रहण समारोह बहिष्कार गरेका थिए । पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको सपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।