मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न योगदान गर्छ : राष्ट्रपति पौडेल

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न योगदान गर्छ : राष्ट्रपति पौडेल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।

भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राज्यले साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा विशेष नीति अवलम्बन गर्नुपर्ने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयले स्वदेशी वस्तुको उपभोग निर्देशिका चाँडै ल्याउने तयारी गरिरहेको बताए । उक्त निर्देशिकाले स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने राज्यको नीतिमा जोड दिने उनको भनाइ छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगार दिन मन्त्रालयले केही नवीन अवधारणा ल्याउने तयारी गरिरहेको बताए । युवालाई स्वरोजगारमा जोड्न सङ्घीय सरकारको नेतृत्वमा रोजगार मेला आयोजना गरिने उनले जानकारी दिए ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्र सन्तोषजनक नरहेको गुनासो गरे । निर्यातले मात्रै राज्य बाँच्न सक्ने परिस्थिति नहुँदा उद्योग र उत्पादन क्षेत्रमा राज्यले विशेष नीति ल्याउनुपर्नेमा उनले जोड दिए ।

स्वदेशी व्यापारलाई अनलाइनमा पुर्‍याउन बजेट छुट्याउने, महिला उद्यमीलाई कर छूट गरी प्रोत्साहन गर्ने, हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना र सञ्चालन गर्नेलगायत कार्यक्रम आगामी बजेटमा समावेश गराउन महासङ्घका अध्यक्ष सिंहले सरकारलाई सुझाव दिए । महोत्सवमा घरेलु उद्यमीका दुई सयभन्दा बढी स्टल प्रदर्शनमा राखिएका छन् ।