मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालापत्थर । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा जलवायु न्यायका लागि ७ बुँदे घोषणापत्र जारी गरिएको छ ।

विभिन्न विधामा ख्याति प्राप्त नारीहरूको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा सगरमाथा आधार शिविर पुगेको टोलीले शुक्रवार घोषणापत्र जारी गरेको हो ।

जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालहरूमा देखिएका असरहरूको बारेमा विभिन्न तहका सरकारहरूको गम्भीर ध्यानाकर्षण गराउने, खुम्बु क्षेत्रसहित नेपालका विभिन्न भागमा जलवायु परिवर्तनले महिलाको जीवनशैलीमा ल्याएका समस्या सम्बोधनका लागि राष्ट्रिय( अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरी अघि बढ्ने घोषणा पत्रमा उल्लेख छ ।

यस्तै जलवायु न्याय, अनुकूलन र न्यूनीकरणका लागि स्थानीय स्तरमा पहलकदमी गर्नुका साथै त्यसमा महिलाको सहभागिता सुनिश्चित गर्ने र हिमालय क्षेत्रसहित विभिन्न ठाउँमा पर्यटन प्रवर्द्धन गर्दै हिमाल वरपर बढ्दो फोहोर मैला नियन्त्रण गर्ने र पुन: प्रयोग गर्न सकिने सामानलाई प्रोत्साहित गर्न सरोकारवाला निकायलाई जागरूक गराउनुका साथै जनचेतना जगाउने घोषणापत्रमा उल्लेख छ ।

जलवायु परिवर्तनले ल्याएका समस्या समाधानका लागि हिमाल, पहाड, तराई र देशबाहिर रहेका सबै नेपालीसँग हातेमालो गर्ने र जलवायु न्यायका लागि समाजका विभिन्न तह र समुदायका महिलासहित सगरमाथा आधार शिविरमा उभिएको लगायतका बुँदा घोषणापत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था अध्यक्ष प्रजिता कार्कीले प्रकृति बचेमात्र प्राणी जगत रहने भएकाले यो समय प्रकृतिलाई पनि न्याय गर्ने बेला भएको बताइन् । जलवायु परिवर्तनको असरबाट सबै भन्दा बढी महिला र बालबालिका पीडित रहेकाले यसको न्यूनीकरणमा विश्व समुदाय जुट्नुपर्ने उनको जोड छ ।

मधेशी आयोगका सदस्य रेणुदेवी शाहले हिमालमा देखिएको जलवायु परिवर्तनको असरबाट मधेस पनि अछुतो नरहेकाले न्यूनीकरणका लागि सबै हातेमालो गर्दै एकजुट हुन आह्वान गरिन् ।

जलवायु परिवर्तनका कारण मधेसको कृषि प्रणालीदेखि त्यहाँका महिलाको जनजीविकामा समेत प्रत्यक्ष असर परेको स्मरण गराउँदै क्षति न्यूनीकरणका लागि हिमाल, पहाड र तराईको साथ अपरिहार्य रहेको उनको भनाइ छ ।

गैरआवसीय नेपाली संघका उपाध्यक्ष रोजिना प्रधान राईले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वभर छरिएर रहेका नेपाली एक ठाउँमा उभिने प्रतिबद्धता जनाइन् । हिमालमा देखिएको अस्वाभाविक परिवर्तन चिन्ताका विषय भएकाले यसबारे बेलैमा सोच्ने बेला आएको उनको भनाइ ।

सम्मेलनमा शिक्षाविद् दुर्गा भट्टराई, मिस नेपाल शृच्छा प्रधान, मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलान, नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि डा. रशिला प्रधान लगायतले जलवायु परिवर्तनको असरले महिलामा परेको असरबारे चर्चा गरेका थिए ।

विभिन्न विधाका अगुवा तथा ख्याति प्राप्त सगरमाथा आधार शिविर पुगेका १९ जना महिलाहरूको टोलीले जलवायु न्यायका लागि हरेक मानवीय क्रियाकलाप प्रकृतिमैत्री हुनुपर्ने निचोड निकाल्दै पहिलो सुरुवात आफैबाट गर्ने प्रतिबद्धता जनाएका छन् ।