मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपाली पाठशालाको दीक्षान्त

नेपाली पाठशालाको दीक्षान्त


शेयर गर्नुहोस:

2.8k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले सञ्चालन गरेको ग्लोबल नेपाली पाठशालाका विद्यार्थीहरुको दीक्षान्त समारोह आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा ३४७ विद्यार्थीहरु दीक्षित भएका थिए । उनीहरुलाई त्यस अवसरमा प्रमाणपत्रसमेत वितरण गरियो । त्यस अवसरमा विद्यार्थीहरुले आफ्नो प्रतिभासमेत देखाएका थिए ।

Advertisement
ADVERTISEMENT

कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव विजय भूषाल, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, प्रिन्सिपल भोजबहादुर बलायर लगायतले बधाई र शुभकामना दिएका थिए ।

यस पटक युथ लिडरसिपमा ५१, आर्ट एण्ड क्राफ्टमा १७, कोडिङ लेभल टु मा १६, डान्समा ५५, म्याथमा ३५, मेडिटेसनमा १५, नेपाली नेवल वानमा ६७, लेबल टुमा ३८ र लेबल थ्रीमा २१ विद्यार्थी सहभागी थिए ।

गत जनवरी २७ बाट यस पटकको कक्षा सुरु भएको थियो । नेपाली समाजका महासचिव विजय भूषालका अनुसार अब बालबालिकाहरुका लागि समर क्याम्प आउँदो जुलाइ तेस्रो साता सुरु हुनेछ । त्यसपछि अगष्ट तेस्रो साताबाट पाठशालाको अर्को सेसन सञ्चालन हुनेछ ।

आइतबारको दीक्षान्त कार्यक्रममा अभिभावकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस:

2.8k
Shares