मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

इजरायलद्वारा अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध

इजरायलद्वारा अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको मन्त्रिपरिषद्ले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गत महिना, इजरायलको संसदले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टिभि नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो ।

Advertisement

इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायल विरोधी पक्षपात गरेको आरोप लगाउँदै आएको छ । अल जजिरा च्यानलमा कतार सरकारको हिस्सेदारी छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा इजरायलको आलोचना झनै कडा भएको छ । इजरायली प्रधानमन्त्रीले यस च्यानललाई ‘आतंकवादीद्वारा नियन्त्रित’ भनेका छन् ।

“तत्काल नयाँ कानूनअनुसारको कार्य गर्न कतार आधारित समाचार आउटलेटको गतिविधिलाई देशमा रोक्ने निर्णय गरिएको हो”, प्रधानमन्त्री नेतान्याहुले भनेका छन् ।

शेयर गर्नुहोस:

81
Shares