मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल छ विकेटले विजयी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल छ विकेटले विजयी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।

नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्रसिंह ऐरीले ५ रन बनाएका थिए । त्यस्तै, वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि एलिक एथानाजले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३-३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

योसँगै वेस्ट इन्डिज ‘ए’ ले ३-२ ले टी-२० सिरिज जितेको छ । योसँगै नेपाली क्रिकेट टिम विश्वकपका लागि आइतबार अमेरिकातर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।