मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

आगामी बजेटका बारेमा प्रदीप पौडेलले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

आगामी बजेटका बारेमा प्रदीप पौडेलले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सांसद् एवं कांग्रेस नेता प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आगामी बजेटमा समावेश गर्नुपर्ने बहुवर्षीय योजनाका बारेमा ध्यानाकर्षण गराएका छन् ।

सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले बजेटमा समावश गर्नुपर्ने योजनाका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

नेता पौडेलले भने, ‘काठमाडौँ उपत्यकाका एवं सिंगोराष्ट्रका आमनागरिकका जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू सरकारको नीति तथा कार्यक्रमका बहुवर्षे आयोजनाका रूपमा सूचीकृत गराई तत्काल कार्यान्वयनका लागि आवश्यक बजेटको विनियोजन गरिदिनका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको छु ।’

सांसद् पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्रभित्रका मुहान पोखरी, विष्णु पादुका र चन्डेश्वेरीमा रहेका खानेपानीका स्रोतहरू संकलन गर्न एकीकृत पानी संकलन केन्द्र तथा ट्याङ्की निर्माण गरी वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाइ बहुवर्षे आयोजनाका रूपमा सूचीकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् ।

यस्तै, रिङरोड दोस्रो खण्ड कलंकीदेखि धोबीखोला चाबहिल विस्तार परियोजना, विष्णुमती नमुना करिडोर राष्ट्रिय गौरव परियोजना, टुकुचा खोला ढल व्यवस्थापन र टोखा नपा वडा नं–२ मा रहेको भूतखेलमैदान खेलकुद विकास योजनालाई आगामी बजेटमा पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सांसद् पौडेलले जानकारी दिएका छन् ।

उक्त आयोजनाहरु सम्बन्धित क्षेत्रका नागरिकहरु, सरकारी संस्थाका प्रतिनिधिहरु तथा विज्ञहरुसँगको परामर्श गरेर तय गरिएको उनको भनाइ छ । आयोजनाहरुको कार्यान्वयनपश्चात खानेपानीको तथा धुवाधुलोको समस्या हल गर्न, राजधानीको वातावरण स्वच्छ राख्नलगायत सहज सडक प्रणालीले नागरिकहरुको समय बचत गर्न तथा समग्रमा जीवनस्तर माथि लैजान महत्त्वपूर्ण हुने पौडेलले बताएका छन् ।

शेयर गर्नुहोस:

135
Shares