मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका-९ बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन् ।

टोखा नगरपालिका-९ स्थित सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले खाजाघर संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्धार गरिएको छ ।

नाबालिकालाई नेपालका विभिन्न स्थानबाट वेटर लगायतको काममा लगाउने भनि खाजाघरमा ल्याई विभिन्न किसिमको डरत्रास र प्रलोभन देखाई ग्राहकहरूसँग खाजाघरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटल/गेष्टहाउसहरूमा समेत पठाई वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

शेयर गर्नुहोस:

216
Shares