मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

कतारका अमीर दुईदिने नेपाल भ्रमणमा आउँदै

कतारका अमीर दुईदिने नेपाल भ्रमणमा आउँदै

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कतारका अमीर महामहिम शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमीर थानी अप्रिल २३ र २४ मा नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणका क्रममा अमीर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्नेछन् । सो अवसरमा राष्ट्रपति पौडेलले अमिरको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्नेछन् ।

त्यस्तै, थानीले अप्रिल २४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

अमीर थानी अप्रिल २४ मा आफ्नो भ्रमण पूरा गरी स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।