नेपाल

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा दस जना घाइते

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा दस जना घाइते


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।

Advertisement

भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । सो जिपका चालक भने फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।