मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा दस जना घाइते

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा दस जना घाइते


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।

भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । सो जिपका चालक भने फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

189
Shares