मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ सोमबार ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई दुई मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु भएको हो ।

चन्द्रागिरी नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ ।

आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ । सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानलगायतका काम बाँकी छ ।

सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सम्पन्न हुनुपर्ने थियो । सुरुङमार्गअन्तर्गत तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहने नागढुंगा-सिस्नेरी सुरुङमार्ग आयोजनाले जनाएको छ ।

सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ पुराना माग अघि सार्दै धादिङ र काठमाडौँतर्फ एक महिना काम ठप्प पारेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच ९ बुँदे सहमति पछि चैत ६ देखि निर्माण सुरू भएको थियो । नागढुंगा सुरुङमार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ । सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौँको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्ने खोला पुगिने छ । मुख्य सुरुङ २.६८८ किमि र आपत्कालीन सुरुङको दूरी २.५५७ किमी छ ।