मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मुख्य समाचार   

‘महाजात्रा’ले सिड्नीमा तोड्यो रेकर्ड

‘महाजात्रा’ले सिड्नीमा तोड्यो रेकर्ड

हिमालय खबर

शेयर गर्नुहोस:

567
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले रेकर्ड ब्रेक गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ले बनाएको २७ शोको रेकर्ड ब्रेक गर्दै सोमबार अप्रिल १५ मा २८ औँ शो भएको हो । अर्थात् यसले आफ्नै अघिल्ला सम्पूर्ण रेकर्ड ब्रेक गरेको छ ।

यसका साथै सिड्नी र अष्ट्रेलियामा बनाएको रेकर्ड आउँदो शनिवारसम्म तोड्ने डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले जनाएको छ ।

सिड्नी प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार ‘जात्रै जात्रा’ को रेकर्ड हाउसफुल हुँदै तोडेको बताए । ‘हाम्रो फिल्मले बनाएको अघिल्लो रेकर्ड सबै आजदेखि तोडेको छ । महाजात्राले सिड्नीमात्र नभई अष्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने छ’, प्रदर्शक भट्टराईले भने ।

डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार सिड्नीमा मात्र नभई अमेरिका, क्यानाडा, युरोपअन्तर्गतका देशहरू, मध्यपूर्वका देशहरू, बेलायतलगायतका देशमा समेत नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।

कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले छिटै सम्पूर्ण देशको शो सङ्ख्या र व्यापारको विषयमा जानकारी गराउने बताए । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालमा चौथो सातामा पनि उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ नयाँ वर्षमा पनि आक्रामक व्यापार गरिरहेको छ ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरूङ, अरविन खड्कालगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्तरुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।