मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
नेपाल   

हङकङलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

हङकङलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालले एसिसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा हङकङलाई दुई विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ४० रन बनाएका थिए भने कुशल भूर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाएका थिए ।

Advertisement

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि यो खेल १८.१८ ओभर खेलाइएको छ ।

हङकङका लागि अन्सुमन राठले सर्वाधिक ३४ रन बनाए भने जिसान अलीले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै, नेपाली बलर अविनाश बोहोराले सर्वाधिक तीन विकेट लिए भने ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए ।

यो जितपछि समूह ‘ए’ मा नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शीर्ष स्थानमा रहेको छ । साथै नेपालको सेमिफाइनलको यात्रा पनि निश्चित गरेको छ । नेपालले अब समूह चरणमा आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।

त्यसैगरी हङकङको भने यो प्रतियोगितामा दोस्रो हार हो । तीन खेलमा एक जित र दुई हार बेहोरेको हङकङको सेमिफाइनल यात्रा अब कठिन भएको छ ।

शेयर गर्नुहोस:

81
Shares