मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

इजरायलमाथि हमला गरेकोमा इरानी संसदमा उत्सव, तत्काल थप हमला नगर्ने

इजरायलमाथि हमला गरेकोमा इरानी संसदमा उत्सव, तत्काल थप हमला नगर्ने

इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रयोगगरी हवाई हमला

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान । आइतबारदेखि मध्यपूर्वमा नयाँ युद्ध सुरू भएको छ । इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरेपछि नयाँ युद्ध सुरू भएको हो ।

यतिमात्र होइन, इरानले इजरायलमाथि आक्रमण गरेपछि इरानी संसदमा पनि उत्सव मनाइएको थियो भने देशभरका इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन् ।

सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा भएको हमलापछि इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रयोगगरी हवाई हमला गरेको थियो । यसपछि दुई देशबीच सशस्त्र द्वन्द्वको सम्भावना थप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आक्रमणलाई रोकिएको बताएका छन् । इजरायलले लेबनानमा हमला गरेर हिजबुल्लाहसँग जोडिएको संगठनका आधारहरू ध्वस्त गरेको दाबी गरेको छ ।

यी सबै घटनाका बीचमा इरानका चिफ अफ स्टाफ मेजर जनरल बगेरीको पहिलो प्रतिक्रिया आएको छ । उनले यो अपरेसन पूर्णरूपमा सफल भएको र इरानले यसलाई अगाडि बढाउन नचाहेको पनि दाबी गरेका छन् । उनले थप हमला नगर्न र गरेमा परिणाम भोग्न इजरायललाई पनि कडा चेतावनी दिएका छन् ।

इरानका चिफ अफ स्टाफ मेजर जनरल बगेरीले भने, ‘अपरेसन (इजरायलमा हवाई हमला) सफलतापूर्वक सम्पन्न भयो । इरानले यो कारबाही पूरा भएको ठान्दछ र यसलाई अझै जारी राख्न चाहँदैन । यद्यपि, यदि इजरायलले जवाफमा केही गर्छ भने हाम्रो अर्को अपरेसन यो भन्दा धेरै ठूलो र व्यापक हुनेछ।’

इजरायलमा भएको हवाई हमलापछि इरानको संसदमा उत्सव मनाइएको थियो । यससँगै इजरायललाई चेतावनी पनि दिइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार संसद्का सभामुख (मजलिस) ले इजरायल वा यसका समर्थकहरूले कुनै किसिमको आक्रमण वा अन्य किसिमको दुस्साहस गरे त्यसको उचित जवाफ दिइने बताएका छन् । एजेन्सी