मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ वर्ष २०८१ मा ग्राहकका लागि रातोपाटीका दुई सौगात

नयाँ वर्ष २०८१ मा ग्राहकका लागि रातोपाटीका दुई सौगात

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसर पारेर रातोपाटी डटकमका पाठक तथा दर्शकका लागि दुई महत्त्वपूर्ण सौगात आएको छ । सबैको, सबैभन्दा राम्रो’ हुने ध्येयका साथ रातोपाटीले २०७० जेठ २७ गतेबाट रातोपाटी डटकम न्युज पोर्टल सुरू गरेको हो ।

करिब ११ वर्षको अनुभवपछि पाठकलाई रातोपाटी परिवारको निःशुल्क सदस्य बनाउने उद्देश्यले दुईवटा सौगात एकैसाथ पस्केको छ । नयाँ स्वरूपमा ‘रातोपाटी एप’ र ‘लग–इन’ सिस्टमसँगै ‘एक्सक्लुसिभ स्टोरी’ सेक्सनमा रहेका सामग्री क्लिक गरी मेल वा फेसबुकमार्फत सदस्य बनेर पाठकले आफ्नो मोबाइलमा ‘रातोपाटी एप’ डाउनलोड गर्न सक्नेछा् ।

प्रविधिको जमानामा मोबाइलमैत्री ‘रातोपाटी एप’ संसारका जुनसुकै स्थानमा रहेका स्नेही पाठक तथा दर्शकलाई रातोपाटीसँग जोड्ने एउटा सुन्दर कडी र अभ्यास बन्ने विश्वास पनि रातोपाटीले लिएको छ । ुप्ले स्टोरुमा उपलब्ध भइसकेको एप, एप्पल स्टोरमा पनि छिट्टै उपलब्ध हुने क्रममा रहेको छ ।

रातोपाटी ‘एक्सक्लुसिभ स्टोरी’मा समाजका लुकेका र लुकाइएका कथा, भ्रष्टाचार (सङ्गठित र असङ्गठित), कुशासन, अन्याय, असमानता, विकृति, विसंगतिविरुद्धका खोजपूर्ण सामग्रीले प्राथमिकता पाउने छन् ।

यसरी जनताका जीवनसँग जोडिएका ज्वलन्त विषयहरुमा आधारित सामयिक सामग्रीका साथै राष्ट्रलाई भविष्यको बाटो देखाउने तथा हाम्रो इतिहास र संस्कृति अभिलेख हुने पठनीय र सङ्ग्रहणीय सामग्री पस्किने रातोपाटीको प्रयत्न हुनेछ ।

पाठक तथा दर्शकलाई अवगतै छ, व्यावसायिक पत्रकारिताका लागि पाठक र सञ्चारमाध्यम दुवैका आ–आफ्नै जिम्मेवारी हुन्छन् । रातोपाटीको दायित्व सत्य–तथ्य सामग्री पस्कनु हो र यसबापत केही मूल्य तिर्नु सचेत र जिम्मेवार पाठकको जिम्मेवारी हो । विज्ञापनको भरमा मात्रै भर पर्दा सञ्चारमाध्यमहरूलाई व्यावसायिक पत्रकारिता गर्न चुनौती हुन्छन् । त्यसैले आदरणीय पाठक तथा दर्शकको सहयोगमा त्यस्ता चुनौती चिर्न चाहेको रातोपाटीको भनाइ छ ।

‘एक्सक्लुसिभ स्टोरी’हरु पढ्न, हेर्न अब ‘लग–इन’ सिस्टममा गएर डब्लुडब्लुडब्लुु रातोपाटी डटकमको सदस्य बन्नुपर्ने अभ्यासको थालनी गरेको र ‘एक्सक्लुसिभ स्टोरी’ हरु पनि, आगामी ६ महिनासम्म निःशुल्क नै उपलब्ध गराउने रातोपाटीले जनाएको छ ।