काठमाडौँ । डोल्पाको सामुदायिक वनमा सल्किएको डढेलो निभाउन जाँदा घाइते भएका थप दुई जना सैनिकको मृत्यु भएको छ ।
सोमबार ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा सल्किएको डढेलो अनियन्त्रित बनेपछि नियन्त्रणका लागि नेपाली सेनाको टोली खटिएको थियो । उक्त डढेलो निभाउन गएका थप दुई जना सैनिकको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
ज्यान गुमाउनेमा जवान २३ वर्षीय आशिष बुढा र काभ्रे घर भएका जमदार ३८ वर्षीय केशरबहादुर जर्गा मगर छन् । उनीहरूको पोष्टमर्टमको प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया