मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि…

रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि…

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विख्यात फुटबलर क्रिस्टियानो रोनाल्डो फेरि विवादमा परेका छन् । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो ।

यस खेलको ८६औँ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका थिए । उनले अल हिलालका खेलाडीलाई धक्का दिएपछि रेफ्रीले रातो कार्ड दिएका थिए । तर, रेफ्रीले रातो कार्ड दिँदै गर्दा रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । धेरैले रोनाल्डोको यस्तो व्यवहारको आलोचना गरेका छन् ।

रोनाल्डोको यस्तो व्यवहारको आलोचना गर्दै उनलाई केही खेलको प्रतिबन्ध लाग्न सक्नेसमेत चर्चा छ । रोनाल्डोलाई थप खेलमा प्रतिबन्ध लगाउने विषयमा भने स्पष्ट जानकारी आएको छैन । यस विषयमा साउदी फुटबल फेडेरेसनले नै अन्तिम फैसला गर्ने बताइएको छ ।

तर, रोनाल्डोले मैदानमा गरेको व्यवहार खेल भावनाभन्दा विपरीत रहेकोले उनलाई केही खेलको प्रतिबन्ध लाग्ने बताइएको छ । यस खेलमा अल हिलालले अल नासरलाई २–१ गोलले पराजित गर्दै सुपर कपको फाइनलमा पुगेको छ । एजेन्सी