मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जया बच्चन ७६ वर्षमा प्रवेश, कुल सम्पत्ति १५७८ करोड

जया बच्चन ७६ वर्षमा प्रवेश, कुल सम्पत्ति १५७८ करोड


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font
  • change font

मुम्बई । चलचित्रमा आफ्नो अभिनय र वास्तविक जीवनमा आफ्नो स्पष्ट बोल्ने शैलीका कारण चर्चित अभिनेत्री जया बच्चन ७६ वर्षमा प्रवेश गरेकी छन् ।

बिग बी अर्थात अभिताभ बच्चनकी श्रीमती जयालाई सन् १९९२ मा पद्मश्री अवार्डबाट सम्मानित गरिएको थियो । १५ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी जया बच्चन कहिल्यै पनि अभिनेत्री बन्न चाहेकी थिइनन् । खासमा जया सानैदेखि सेनामा भर्ना हुन चाहन्थिन् ।

त्यतिबेला सेना भर्तीमा महिलालाई नर्सको मात्रै जागिर दिइन्थ्यो तर जया नर्स बन्न चाहँदैन थिइन् । उनी लडाकु सेनाको एक हिस्सा हुन चाहेकी थिइन् । जया आफैँले नातिनी नव्या नवेलीको पोडकास्टमा यो कथा सुनाएकी हुन् ।

उनी भन्छिन्, त्यतिबेला महिलालाई हेरचाह गर्न राम्रो मानिन्थ्यो । सन् २००४ मा जया राजनीतिमा प्रवेश गरिन् र सफल पनि भइन् । जया विगत २० वर्षदेखि राजनीतिमा सक्रिय छन् । चारपटकको राज्यसभा सांसद् जया बच्चन र उनका श्रीमान् अमिताभ बच्चनको सम्पति १५७८ करोड भारतीय रुपैयाँबराबर रहेको छ ।

‘सम्बन्धमा म तिम्रो बुबाजस्तो देखिन्छु, मेरो नाम सहन शाह हो,’ यो संवाद तपाईं सबैले कुनै न कुनै बेला सुन्नु भएको होला । यो संवाद सन् १९८८ मा रिलिज भएको फिल्म ‘सहन शाह’ को हो । ‘सहेनशाह’ अमिताभको हिट फिल्ममध्ये एक हो ।

तर, यो फिल्मको सफलतामा जया बच्चनको ठूलो भूमिका छ भन्ने कुरा कमैलाई थाहा होला । वास्तवमा फिल्म ‘सहेनशाह’ को कथा जया बच्चनले नै लेखेकी हुन् । यो फिल्मले अमिताभलाई नयाँ पहिचान दिएको छ । आज पनि उनका फ्यानहरुले उनलाई यही नामले बोलाउन रुचाउँछन् ।

शेयर गर्नुहोस:

1.1k
Shares