बिश्व घटना

जया बच्चन ७६ वर्षमा प्रवेश, कुल सम्पत्ति १५७८ करोड

जया बच्चन ७६ वर्षमा प्रवेश, कुल सम्पत्ति १५७८ करोड


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font

मुम्बई । चलचित्रमा आफ्नो अभिनय र वास्तविक जीवनमा आफ्नो स्पष्ट बोल्ने शैलीका कारण चर्चित अभिनेत्री जया बच्चन ७६ वर्षमा प्रवेश गरेकी छन् ।

बिग बी अर्थात अभिताभ बच्चनकी श्रीमती जयालाई सन् १९९२ मा पद्मश्री अवार्डबाट सम्मानित गरिएको थियो । १५ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी जया बच्चन कहिल्यै पनि अभिनेत्री बन्न चाहेकी थिइनन् । खासमा जया सानैदेखि सेनामा भर्ना हुन चाहन्थिन् ।

Advertisement

त्यतिबेला सेना भर्तीमा महिलालाई नर्सको मात्रै जागिर दिइन्थ्यो तर जया नर्स बन्न चाहँदैन थिइन् । उनी लडाकु सेनाको एक हिस्सा हुन चाहेकी थिइन् । जया आफैँले नातिनी नव्या नवेलीको पोडकास्टमा यो कथा सुनाएकी हुन् ।

उनी भन्छिन्, त्यतिबेला महिलालाई हेरचाह गर्न राम्रो मानिन्थ्यो । सन् २००४ मा जया राजनीतिमा प्रवेश गरिन् र सफल पनि भइन् । जया विगत २० वर्षदेखि राजनीतिमा सक्रिय छन् । चारपटकको राज्यसभा सांसद् जया बच्चन र उनका श्रीमान् अमिताभ बच्चनको सम्पति १५७८ करोड भारतीय रुपैयाँबराबर रहेको छ ।

‘सम्बन्धमा म तिम्रो बुबाजस्तो देखिन्छु, मेरो नाम सहन शाह हो,’ यो संवाद तपाईं सबैले कुनै न कुनै बेला सुन्नु भएको होला । यो संवाद सन् १९८८ मा रिलिज भएको फिल्म ‘सहन शाह’ को हो । ‘सहेनशाह’ अमिताभको हिट फिल्ममध्ये एक हो ।

तर, यो फिल्मको सफलतामा जया बच्चनको ठूलो भूमिका छ भन्ने कुरा कमैलाई थाहा होला । वास्तवमा फिल्म ‘सहेनशाह’ को कथा जया बच्चनले नै लेखेकी हुन् । यो फिल्मले अमिताभलाई नयाँ पहिचान दिएको छ । आज पनि उनका फ्यानहरुले उनलाई यही नामले बोलाउन रुचाउँछन् ।