मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आणविक प्लान्ट ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको युक्रेनको भनाइ

आणविक प्लान्ट ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको युक्रेनको भनाइ


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

किभ । युक्रेनले आइतबार जापोरिझिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ ।

आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभले बताए ।

आणविक केन्द्रको गुम्बजमा भएको आक्रमणबाट गम्भीर चोटपटक नभएको र सुरक्षा सीमा उल्लङ्घन गर्ने कुनै खतरा नभएको पनि किभले दाबी गरेको छ ।

उक्त ड्रोन आक्रमणले छवटा उर्जा उत्पादन एकाइमध्ये एउटालाई क्षति पुर्‍याएको र आणविक सुरक्षामा संवेदनशीलता नदेखाइएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जानकारी दिएको छ ।

रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अन्तर्राष्ट्रिय समुदायले आणविक केन्द्रमा हालै गरिएको ड्रोन आक्रमणको जवाफ युक्रेनले दिनुपर्ने बताएका छन् ।

जापोरिझिया आणविक ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो आणविक उर्जा उत्पादन केन्द्र हो र यसमा छ गिगावाट कुल क्षमता भएको छवटा इन्धन एकाइहरू समावेश गरिएको छ । सिन्ह्वा

शेयर गर्नुहोस:

189
Shares