मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौँ : सञ्चारमन्त्री शर्मा

गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौँ : सञ्चारमन्त्री शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरू बेथिति र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन् । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौं बैठकलाई सम्बोधन गर्दै उनले बेथिति र गलत प्रवृत्तिविरुद्ध अन्तिम समयसम्म लडिरहने बताइन् ।

विशेषगरी आइटी क्षेत्रमा सीमित व्यक्तिको हालीमुहाली रहेको र त्यसलाई तोड्न खोज्दा पटक-पटक मुद्दा मामिला बेहोर्नु परेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएको सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न सञ्चार मन्त्रालय र मातहतका निकायहरू जोडतोडका साथ लागिपरेको उनको भनाइ थियो ।

आमसञ्चारका क्षेत्रमा सञ्चार मन्त्रालयले अहिले बढीभन्दा बढी काम गरिरहेको भन्दै मन्त्री शर्माले मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले सबै प्रकारका मिडियालाई संरक्षण, नियमन गर्न सक्ने बताइन् ।

‘मन्त्रालयले तयार पारेका विभिन्न ऐन कानुन कार्यान्वयनमा आएपछि आमसञ्चार क्षेत्रमा आमूल परिवर्तन हुन्छ,’ उनले भनिन्, ‘सञ्चार मन्त्रालयमा भएका कामले वर्तमान सरकारले गरेका सुशासन, र समृद्धि लक्ष्यलाई साथ पुग्दै आएको छ ।’

माओवादीले अहिलेसम्म ऊर्जापछि सबैभन्दा धेरैपटक सञ्चार मन्त्रालयको नेतृत्व लिएको भन्दै उनले त्यसैको परिणाम अहिले गाउँ-गाउँका जनता हातहातमा सञ्चारको पहुँच पुर्‍याउन सकिएको बताइन्। मन्त्री शर्माले माओवादीले नेतृत्व सम्हालेका मन्त्रालयले हरेक पटक कहीँ न कहीँ नेपाली जनताले परिवर्तनको महसुस गर्न पाएको उल्लेख गरिन् ।