मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

स्थानीय र व्यवसायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग चौबिसैघन्टौ खोल्छौँ : गृहमन्त्री लामिछाने

स्थानीय र व्यवसायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग चौबिसैघन्टौ खोल्छौँ : गृहमन्त्री लामिछाने

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबिसैघन्टा सञ्चालन गर्ने बताएका छन् ।

गृहमन्त्री लामिछानेले आज मन्त्रालयमा आयोजना गरे सरोकारवाला निकायसँगको छलफलमा सरकारले स्थानीय घरधनी र व्यवसायीको समस्या समाधान गरेर मात्र ठमेल चौबीसै घण्टा सञ्चालन गर्ने बताए ।

उनले ठमेल र दरबारमार्ग २४सै घन्टा खुला गरे विचारलाई समेत समाधान हुनेगरी सरकारले काम गर्ने उल्लेख गरे । स्थानीय घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्र सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्र अनौपचारिक रूपमा चल्नु र औपचारिकरूपमा चल्नु धेरै फरक हुने उल्लेख गरे। उनले ठमेल र दरबारमार्ग २४सै घन्टा खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गबाट हुने स्पष्ट पारे ।

ठमेल पूर्णरूपमा व्यावसायिक क्षेत्र नभएकाले त्यहाँ स्थायी रूपमा बसोबास गर्नेको हक, अधिकारलाई मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने गृहमन्त्री लामिछानेले विश्वास व्यक्त गरे । सरकारले व्यवसाय जोेगाउनका लागि उक्त कदम चालेको उनको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग २४सै घन्टा सञ्चालनमा आएपछि व्यवसायीकहाँ गएर खाना नखान प्रहरी प्रशासनलाई निर्देशन दिए। उनले ठमेललगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनाअनुरुप गृह मन्त्रालयले ‘एक्सन प्लान’ बनाइरहेको उल्लेख गरे ।